यस वर्षको एसईई परीक्षा चैत १७ देखि २९ गतेसम्म

0

काठमाडौं : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुने छ । त्यही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । 

चैत १९ गते अनिवार्य गणित र २० गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । अन्तिम दिन २९ गते प्राविधिक धारतर्फको परीक्षा हुने तालिका छ ।

No description available.
Leave A Reply

Your email address will not be published.