आत्मदाह गरेका प्रेम आचार्यले उठाएका विषयमाथि छानविन गर्ने सरकारको निर्णय

0

काठमाडौं : सरकारले संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरुबारे छानविन गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद बैठकले आचार्यले सामाजिक सञ्जाल फेसबुकमा उठाएका विषय तथा आत्मदाह प्रयासको कारणबारे पत्ता लगाउन गृह मन्त्रालयलाई जिम्मेवारी दिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । 

गृहले छानविनबाट आएको निष्कर्षपछि आवश्यक कारबाही शुरु गर्ने पनि लामिछानेले बताए ।

विभिन्न विषयप्रति असन्तुष्टि जनाउँदै मंगलबार दिउँसो बानेश्वरको संसद भवन अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका आचार्यको बुधबार उपचारका क्रममा निधन भएको थियो ।

Leave A Reply

Your email address will not be published.