पत्रकार त्रिभुवन पौडेलको स्‍मृतिमा नेपाल पत्रकार महासंघ बेल्जियमको श्रद्धान्जली सभा,

0

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुबन पौडेलको स्‍मृतिमा बेल्जियमको एन्तवेरपेन शहरमा श्रद्धान्जली सभा सम्पन्न भएकोछ । नेपाल पत्रकार महासंघ बेल्जियमको संयोजनमा आयोजना गरिएको श्रद्धान्जली सभामा स्वर्गीय पौडेलको मिलनसार ब्यक्तित्व र नेपाली पत्रकारितामा उहांले पुर्‍याएको योगदानको स्मरण गर्दै सहभागिहरुले श्रद्धान्जली अर्पण गर्नु भएकोछ ।

गैर आबासिय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष लोक दाहालले परिवर्तनकारी सोच बोकेका र नेपाली समाजलाई सूसुचित गरिरहेका युबा पत्रकारलाई राष्ट्रले गुमाउनु परेको घटनाले अत्यन्त दुखित तुल्याएको छ भन्नु भयो । दाहालले स्व पौडेलको आत्मा शान्तिको कामना सहित श्रद्धान्जली दिदै परिवारजनमा समबेदना प्रकट गर्नु भयो ।


पौडेलको जन्मस्थानमा छिमेकी र हाल बेल्जियममा बसोबास गर्नु हुने प्रबासी नेपाली मंच बेल्जियमकी अध्यक्ष चन्द्र कुमारी गुरुङ ( ईशा ) ले सानो उमेरबाट पत्रकारिता सुरु गरेर संचार क्षेत्रमा बिसिष्ट स्थान बनाएका अत्यन्त मिलनसार युबा पत्रकार गुमाउदा अत्यन्त पिडा भएकोछ भन्दै पौडेल परिवारमा समबेदना र म्रितक पत्रकार पौडेललाई श्रद्धान्जली अर्पण गर्नु भयो ।


अर्का जिल्लाबासी र हाल बेल्जियमका बासिन्दा नेपाली जन प्रगतिशिल मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेलले पत्रकार पौडेलको बेल्जियम भ्रमणको बेलाका पलहरु सम्झदै त्यति मिलनसार र सकृय समाज र राष्ट्रको लागि केही गरौ भन्ने असल मान्छेको निधनले स्तब्ध बनाएकोछ भन्दै श्रद्धनजली ब्यक्त गर्नु भयो ।


त्यसै गरी जनसंपर्क समिति बेल्जियमका महामन्त्री प्रकाश राज गिरीले पत्रकार पौडेललाई श्रद्धान्जली अर्पण सहित यस्तो दु:खद घडीमा सह्भागि हुँदा हुने पिडाको बर्णन गर्दै अकालमा अनपेक्षित र अकालमा नेपालीहरुले ज्यान गुमाउन नपरोस भनेर सरकारले हवाई सुरक्षालाई कडा भएर लागु गरोस भन्नु भयो ।

गैर आबासिय नेपाली संघका युरोप उपसंयोजक चित्र सुबेदीले स्वर्गीय पौडेललाई गण्डकी क्षेत्रको अब्बल पत्रकार भन्दै उहाको निधनले सामाजिक रुपान्तरणको अभियानमा क्षति पुगेको भन्दै पौडेल परिवारमा समबेदना सहित श्रद्धान्जली अर्पण गर्नु भयो ।


नेपाल पत्रकार महासंघ बेल्जियमका उपाध्यक्ष डिल्लि अंमाईले स्व पौडेलले सधैं भुईमान्छेको समस्यालाई पत्रकारिता मार्फत समाधान गर्ने गरेको स्मरण गर्दै नेपाली पत्रकारिता क्षेत्रले योग्य पत्रकार र नेपाल पत्रकार महासंघले कुशल सङ्गठनकर्ता गुमाएकोछ भन्नु भयो । पत्रकार पौडेलको निमुखाहरुको आवाजलाई मुखर बनाउने अभियानलाई प्रबासका सहकर्मिहरुले अबलम्बन गर्ने छौ भन्दै श्रद्धान्जली ब्यक्त गर्नु भयो ।

कार्यक्रममा स्व पत्रकार पौडेल सहित जहाज दुर्घटनामा ज्यान गुमाउनु हुने ७२ जना यात्रिहरुको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनट मौन धारण गरिएको थियो ।


नेपाल पत्रकार महासंघ बेल्जियमक अध्यक्ष ओम शर्माले सहजिकरण गरेको श्रद्धान्जली कार्यक्रममा पत्रकारहरु तेज नेपाली, नीलम घिमेरे सापकोटा, शेर बहादुर छन्त्याल, साईमन आले र चन्द्र ढकाल, किशन केसी, सीता दाहाल, हरी सिंखडा, राम बहादुर पुन मगर , लाल बहादुर राना , म्याक दाहाल लगायले पत्रकार पौडेल प्रति श्रद्धान्जली अर्पण गर्नु भएको ।

Leave A Reply

Your email address will not be published.