तत्कालिक सत्ता स्वार्थका लागि नेपाली काङ्रेसले लोकतान्त्रिक आदर्श त्याग्न हुँदैन , डा. रिजाल,

0

नेपाली काङ्रेसका नेता डा मिनेन्द्र रिजालले नेपालको राजनितिक परिवर्तन र सामाजिक रुपान्तरणमा नेपाली काङ्रेस पार्टीको सानो गल्तीले पनि धेरै ठुलो नोक्सान हुन सक्छ भन्नु भएकोछ । नेपाली जनसंपर्क समिति बेल्जियमले डा रिजालको सम्मान र मेलमिलाप दिवसको अबसरमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै उहांले लोकतन्त्रको जननी भनिने पार्टिले लोकतन्त्रका आधारभुत मान्यता र अभ्यासलाई नजरन्दाज गर्दा देशले बाटो बिराएका उदाहरण दिदै बर्तमान अवस्थामा पार्टीले प्रमुख प्रतिपक्षको भूमिका खह्रो उत्रिनु पर्छ भन्नु भयो । बर्तमान सरकारलाई विश्वाशको मत दिनु पदीय लोभमा लोकतन्त्रका मान्यतामा सम्झौता गरेर नेत्रित्वले सहिदहरुको बलिदान र पूर्वजहरुको संघर्षको अबमुल्यन गरेकोले त्यस बिरुद्ध इमान्दार कार्यकर्तालाई आवाज उठाउन आग्रह गर्नु भयो । सत्तानै अन्तिम लक्ष बनाएर भैरहेको बर्तमान राजनितिले जनतालाई निरास बनाएकोछ भन्दै जनआकाक्षा नबुझे पुराना पार्टिहरु सकिएर जाने अवस्थाको झलक देखिएको छ भन्नु भयो ।

बाम पार्टिको लोकतान्त्रिककरण र लोकतान्त्रिक पार्टिको जनउत्तरदायी भूमिका खुम्चिन नहुने गरी राजनिती अगाडि बढ्नूपर्छ । बिदेशमा रहेका नेपालीहरुको भाबनालाई नेपाली नेत्रित्वले वास्तविक र धरातलीय यथार्थमा बुझ्न् नसकेकोले गैर आबासिय नेपाली नागरिकता लगायतका बिषयहरुको सम्बोधन हुन सकेको छैन भन्दै आफ्नो दायित्व र अधिकारका लागि संबिधानको मर्म अनुरुप आवाज उठाउन पनि सुझाब दिनु भयो ।

एनआरएनए बेलायतका पूर्व अध्यक्ष योगेन छेत्री र नेपाली जन संपर्क समितिका पूर्व महामन्त्री आरके त्रिपाठीले राष्ट्रिय मेलमिलाप दिवसको अबसर र नेपाली काङ्रेसका नेता रिजाल सम्मानमा भएको उक्त कार्यक्रममा आफ्नो भनाइ राख्नु भएको थियो ।

नेपाली जनसंपर्क समिति बेल्जियमका कार्यबाहक सभापती माया शर्मा पौडेलको सभापतित्वमा भएको कार्यक्रममा संगठनका पूर्व सभापतिहरु गंगाधर गौतम , सुबास जोशी, सीता सापकोटा , संस्थापक शभापति ध्रुर्ब पौडेल लगायत पूर्व एबम बर्तमान पदाधिकारीहरुको उपस्थिती रहेको थियो । समितिका महामन्त्री प्रकाश राज गिरीले सन्चालन गरेको कार्यक्रममा महाधिबेशन प्रतिनिधि सुबाश गुरुङले स्वागत मन्तब्य राख्नु भएको थियो ।


डा रिजाललाई एनआरएनए बेल्जियमले पनि छुट्टै कार्यक्रम आयोजना गरी रात्रीभोज सहित सम्मान गरेको थियो ।

उक्त अबसरमा एनआरएनएका केन्द्रीय कोषाध्यक्ष लोक दाहाल, सचिब गंगाधर गौतम, युरोप उपसन्योजक चित्र सुबेदी, युरोप युबा उपसन्योजक दीपक न्यौपाने, आईसिसी सदस्य भिम जोशी लगायत एनआरएनए बेल्जियम अध्यक्ष खड्क केसी, उपाध्यक्ष तिर्थ धमला , महासचिब रमेश कंडेल, नेपाली ब्यबसायी संघका महासचिब मदन दवाडी , कोषाध्यक्ष कासी दनै सहितका पदाधिकारीहरुले सम्मान गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.