पोखरा विमान दुर्घटना : २५ शव काठमाडौं ल्याइयो

0

काठमाडौं : पोखरामा आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकामध्ये २५ वटा शव काठमाडौं ल्याइएको छ । मंगलबार नेपाली सेनाको हेलिकोप्टरमार्फत २५ शव काठमाडौं ल्याइएको हो ।

शवलाई पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । अस्पतालबाटै शव आफन्तलाई बुझाइनेछ ।

थप २३ शव आजै काठमाडौं ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । ‘बाँकी ४८ शवमध्ये २५ वटा शव सेनाको वायुयानबाट काठमाडौं ल्याइएको छ’, नागरिक उड्डयनले भनेको छ, ‘बाँकी २३ वटा शव दोस्रो वायुयानबाट काठमाडौं ल्याउने क्रम जारी छ ।‘

Leave A Reply

Your email address will not be published.