आज सभामुखको निर्वाचन हुँदै, प्रतिस्पर्धामा देवराज र ईश्वरी

0

काठमाडौं : आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ ।

सभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरेले उमेदवारी दर्ता गराएका छन् भने विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले उमेदवारी दर्ता गराएकी छन् ।

सभामुख निर्वाचित हुनका लागि बहुमत ल्याउनुपर्नेछ । त्यसका लागि २७५ सदस्यमा निर्वाचित हुन १३८ ल्याउनु पर्नेछ ।

एमालेका सांसद घिमिरेलाई एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलहरूको साथ छ । प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २० र राप्रपाका १४ जना सांसद छन् ।

कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थनमा न्यौपाने सभामुख उम्मेदवार छिन् । उनलाई जसपा र लोसपाले पनि साथ दिने सम्भावना छ ।

Leave A Reply

Your email address will not be published.