पोखरा विमान दुर्घटना : छानविन गर्न समिति गठन, सोमबार शोक बिदा

0

काठमाडौं : सरकारले पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका व्यक्तिप्रति शोक मनाउन सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले सोमबार बिदा दिने निर्णय गरेको प्रवक्ता विष्णु पौडेलले जानकारी दिए ।

यस्तै बैठकले दुर्घटनाको छानविन गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

सदस्यमा हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा रहेका छन् ।

सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव वुद्धिसागर लामिछाने रहेका छन् ।

Leave A Reply

Your email address will not be published.