पोखरा विमान दुर्घटना : सबै संयन्त्रलाई परिचालन गरी उद्धारकार्यलाई तीव्र पार्न कांग्रेसको आग्रह

0

काठमाडौं : नेपाली कांग्रेसले यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै काठमाडौंबाट पोखराका लागि उडेको विमान दुर्घटना भएकोप्रति पार्टी दुःखित भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमामार्फत कांग्रेसले सबै संयन्त्रलाई परिचालन गरी उद्धारकार्यलाई तीव्र पार्न सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

“काठमाडौंबाट पोखराका लागि आज बिहान १०ः३० बजे उडेको चालक दलका चारजना सहित ६८ यात्रु सवार रहेको यति एयरलाइन्सको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलनजिक दुर्घटना भएको घटनाप्रति नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नुभएको छ । साथै, सभापति श्री शेरबहादुर देउवाले सबै संयन्त्रलाई परिचालन गरी उद्धारकार्यलाई तीव्र पार्न सरकारलगायत सम्बद्ध पक्षसँग आग्रह गर्नुभएको छ,” विज्ञप्तिमा लेखिएको छ ।

आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा पोखरा विमानस्थलनजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.