प्रधानमन्त्री र गृहमन्त्रीले विमानस्थलको कन्ट्रोल रुमबाट लिए विमान दुर्घटनाको जानकारी

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेले विमानस्थलको कन्ट्रोल रुमबाट पोखरामा भएको दुर्घटनाको जानकारी लिएका छन् ।

उनीहरु विमानस्थल पुगेर विमान दुर्घटनाबारे जानकारी लिएको सचिवालयले जानकारी दिएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज बिहान दुर्घटनामा परेको थियो ।

जहाजमा चालक दलका सदस्यसहित ७२ यात्रु थिए । दुर्घटनाग्रस्त जहाजले २२ डिसेम्बरमा पोखरा अन्तर्राष्ट्रिय विमास्थलमा ‘डेमो’ उडान गरेको पाइएको छ ।

Leave A Reply

Your email address will not be published.