पोखरा विमान दुर्घटना : ४० शव निकालियो

0

काठमाडौं : पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बीबीसीलाई बताएका छन् ।

प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त विमानमा चालक दलका चार सदस्य सहित ६८ जना यात्रु थिए । सवार यात्रु मध्ये ५३ जना नेपाली र ५ जना भारतीय रहेको उनको भनाइ छ ।

त्यसबाहेक विमानमा रुसका ४ जना, कोरियाका २ जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक एक जना यात्रु सवार थिए ।

Leave A Reply

Your email address will not be published.