बागमतीमा माओवादीका जमरकट्टेल र गण्डकीमा एमालेका अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

0

काठमाडौं : बागमती र गण्डकी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउने भएको छ ।

ती दुई प्रदेशमा आज अपराह्न चार बजेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको छ ।

बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते अपराह्न ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

सत्तारु दलहरुको सहमति अनुसार बागमतीमा नेकपा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेल र गण्डकीमा नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्दैछन ।

संविधान अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको हो ।

सत्ता गठबन्धनभित्र मुख्यमन्त्रीको भागबण्डा गरिँदा वाग्मती सरकारको पहिलो कार्यकालको नेतृत्व माओवादीले गर्ने सहमति भएको छ । गण्डकीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्ने सहमति छ ।

Leave A Reply

Your email address will not be published.