मलेसियामा १९ नेपाली बन्धक, उद्धार गर्न सरकारले थाल्यो पहल

0

काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका १९ जना नेपालीलाई बन्धक बनाइएको छ ।

विगत ८ दिनदेखि उनीहरुलाई बन्धक बनाएको पाइएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुको उद्धारका लागि पहल लिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै उनीहरुको उद्धार थाल्न मुख्यसचिवमार्फत् निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

उनीहरुको अवस्था बुझेर तत्कालै उद्धार थाल्न निर्देशन दिइएको बताइएको छ । 

Leave A Reply

Your email address will not be published.