पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घट्यो

0

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३/३ रुपैयाँले घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । 

निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । जसअनुसार बाह्य हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ ।

Leave A Reply

Your email address will not be published.