राप्रपाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

0

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने भएको छ ।

आइतबार पार्टीको संसदीय दलको बैठकमा अधिकांश नेताहरुले सरकार बनाउन आफूहरुले नै पहल गरेको नेतालाई नै विश्वासको मत दिनुपर्ने बताएका हुन् ।

विश्वासको मत दिनेबारे औपचारिक निर्णय भने भइनसकेको नेता बुद्धिमान तामाङले जानकारी दिए ।

साथै बैठकले प्रधानमन्त्रीले विश्वासको मत लिने दिनको बैठकमा पार्टीका सबै सांसदहरूलाई उपस्थित हुन निर्देशन पनि दिएको छ ।

Leave A Reply

Your email address will not be published.