पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

0

पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बस दुर्घटना हुँदा सत्यवती खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको हो । दुर्घटनामा परी ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको थियो । रातिको समयमा हुस्सु लागेको र बसले च्यापिएकाले उद्धारमा केही कठिनाइ भएको बताइएको छ ।

दुर्घटनाग्रस्त बस सडकबाट ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । प्रहरी तथा स्थानीयले उद्धार गरी घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था सामान्य छ ।

Leave A Reply

Your email address will not be published.