स्वस्थानी व्रत आजबाट प्रारम्भ, साँखुको शालीनदीमा एक महिले मेला शुरु

0

काठमाडौं : पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आज प्रारम्भ भएको छ ।

यो अवधिभर माघ स्नान गर्ने र अधिकांश हिन्दु नेपालीका घरमा सात्विकभावले श्रद्धापुर्वक श्री स्वस्थानी परमेश्वरीको पूजा–आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने प्रचलन छ ।

स्वस्थानी व्रतकथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वालुवाको शिवलिङ्ग बनाई निराहार रहेर तपस्या गरी मनोकांक्ष पूर्ण भएको कथासँग जोडिएको छ ।

शिव–पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रुपमा सोही व्रतकथा प्रचलित हुँदै आएको मानिन्छ ।

व्रतको अवसरमा काठमाडौंको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लागेको छ ।

Leave A Reply

Your email address will not be published.