उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे आज सर्वोच्चमा सुनुवाइ हुने

0

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले आजका लागि दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो ।

आज हुने सुनुवाइ लामिछानेविरुद्ध दर्ता निवेदनमाथि अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने विषयमा केन्द्रित रहने छ ।

लामिछानेविरुद्ध अन्तरिम आदेश जारी भए उनी सांसद अनि मन्त्री समेत हुन पाउँदैनन् । अन्तरिम आदेश जारी नभए उनको पद यथावत रहन्छ ।

Leave A Reply

Your email address will not be published.