प्रधानमन्त्री दाहालको निर्देशनपछि एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित

0

काठमाडौं : विदेशबाट नेपालीहरुले लिएर आउने मोबाइल फोनमा कडाइ गर्ने निर्णयबाट नेपाल दूरसञ्चार प्राधिकरण पछि हटेको छ ।

सरकारको निर्देशनपछि प्राधिकरणले आज एक सूचना निकालेर सो निर्णय कार्यान्वयन नगर्ने जनाएको हो ।

प्राधिकरणको सूचनामा मोबाइल सेटको गैर कानुनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका र हराएका मोबाइल सेटको ट्र्याकिङ÷ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सञ्चालनमा ल्याएका एमडीएमस दर्ता प्रक्रिया सरलिकृत गरिएको उल्लेख छ ।

सूचनामा विदेशबाट आउने नेपालीहरुले निजि प्रयोगक लागि ल्याएका मोवाइल सेटहरुको आईएमईआई रजिष्ट्रेसन सम्बन्धमा सेवााग्राहीको पृष्ठपोषण र दर्ता प्रक्रियालाई सरलीकरण गर्न निर्देशन भएअनुसार अर्को सूचना प्रकाशन नहुन्जेलसम्म पूर्वत रुपमा हुँदै गरेको आईएमइआई प्रक्रिया अनुसार नै हुने प्राधिकरणले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.