प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

0

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सरकारका न्यूनतम साझा कार्यक्रम र मन्त्रालय बाँडफाँडबारे छलफल गर्न अध्यक्ष ओली आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् ।

पछिल्लो समय गठबन्धन मन्त्रिपरिषद् विस्तार र शक्ति बाँडफाँटका मुद्दा थाती राखेर सरकार साझा न्यूनतम कार्यक्रम बनाउन जुटेको छ ।

सात दलीय गठबन्धनबीच संवैधानिक पद, मन्त्रालय बाँडफाँड, प्रदेश सरकारको भागबण्डालगायतका विषय प्याकेजमै टुंग्याउने तयारी भइरहेको छ ।

सत्ता साझेदार दलको पहिलो बैठकले एमाले अध्यक्ष ओलीलाई पाँच दिनभित्र सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार पार्ने जिम्मेवारी दिएको थियो ।

दाहाल प्रधानमन्त्री बने पनि धेरै महत्वपूर्ण पदको भागबण्डा बाँकी रहेकाले दुई नेता परामर्शमा जुटेका हुन् ।

राष्ट्रपति र सभामुख एमालेले पाउने, माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने सैद्धान्तिक सहमति छ ।

राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पदमा सहमति जुट्न बाँकी छ ।

Leave A Reply

Your email address will not be published.