बेल्जियममा तमु धी बेल्जियमले मनायो ल्होसार;

0

गुरुङ समुदायको नयाँ बर्ष २६०७ औ ल्होसारमा तमु धि बेल्जियमले सांगीतिक कार्यक्रम सहित पूजा पाठ र शुभकामना आदान प्रदान गरी मनाएकोछ । बेल्जियमको बेर्खेममा भएको कार्यक्रममा हास्य कलाकार पल्पसा डङ्गोल (चम्सुरी) र गायिका मल्लिका कार्कीका साथै स्थानीय कलाकारहरुले प्रस्तुति दिएका थिए ।

बौद्ध लामाबाट धार्मिक बिधिपुर्बक सबैको कुशल मंगलको कामना सहित पूजा पाठ र दीप प्रज्वलन गरि कार्यक्रमको सुरुवात गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी बेनेलक्सका लागि महामहिम राजदुत गेहेन्द्र राजभन्डारीले पानसमा दीप प्रज्वलन गरि औपचारिक कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । राजदुत राजभन्डारीले तमु धि परिवार र सम्पूर्ण गुरुङ समुदायको ल्होसारको शुभकामना दिनु भएको थियो ।

कार्यक्रमका बिशिष्ट अतिथि एनआरएनए बेल्जियमका अध्यक्ष खड्क केसीले बहुसान्स्कृतिक नेपाली समुदायको एकता र आफ्ना कला सन्स्क्रिती चाड पर्बको सँरक्षणका एनआरएनएको सधैं सहयोग रहने विश्वाश दिलाउनु भयो ।

प्रबासी मन्च बेल्जियमकी अध्यक्ष ईशा गुरुङले संगठनको तर्फबाट शुभकामना दिदै तमु समुदायको मेलमिलापका बिशेष जोड दिनु भयो । आदिबासी सरोकार मन्च बेल्जियमका अध्यक्ष बदन योङ्हाङले जातीय संस्थाले आफ्नो अधिकार आवाज उठाउदा राजनीतिक पूर्वग्राह राख्न हुँदैन भन्नु भयो ।

अर्का अतिथी जन प्रगतिशिल मन्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेलले ल्होसारको शुभकामना दिदै नयाँ जनजाती अधिकारका लागि आफ्नो संगठनले सधैं साथ दिने बताउनु भयो ।

नेपाली जन प्रगतिशिल मोर्चा युरोपका अध्यक्ष बिष्णु भुजेलले ल्होसारको शुभकामना दिदै पूर्ण समाजबादी राज्यमा मात्र पछाडि परेको समुदायले अबसर पाउने बताउनु भयो ।

संस्थाका सल्लाहकार मनिष तमुले तमुधीको ईतिहास र औचित्यका बारेमा प्रकाश पार्दै तमु धी जातीय अधिकार भाषा सन्स्कृतिको सँरक्षणका लागि सबै सँग सहकार्य गर्न तत्पर रहेकोछ भन्नु भयो ।

संस्थाकी उपाध्यक्ष सँगीता गुरुङले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रमको सन्चालन महासचिब कमल गुरुङ र आनन्द गुरुङले गर्नु भएको थियो ।

तमुधी बेल्जियम अध्यक्ष एबम कार्यक्रमको सभापति प्रबिना गुरुङले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद दिदै औपचारिक कार्यक्रमको समापन गरे पछि सांस्कृतिक कार्यक्रम भएको थियो ।

Leave A Reply

Your email address will not be published.