अमेरिका र युरोपेली देशहरु चिनियाँ पर्यटकलाई कडाइ गर्दै

0

काठमाडौं : अमेरिका, जापान, युरोपेली देशहरू, भारतल लगायतका देशहरूले चिनियाँ पर्यटकको आगमनमा कडाइ गनेर्ए भएका छन ।

देशभित्र कोरोना संक्रमण झन् तीव्र बनेको बेला चीनले आफ्ना नागरिकहरूलाई विदेश भ्रमण खुला गरेपछि विश्वका अन्य मुलुक सतर्क भएका हुन् ।

उनीहरुले चिनियाँ पर्यटकको आगमनमा कडाइ गर्नुका साथै कोरोना परीक्षण अनिवार्य गर्ने नीति लिएका हुन् ।

अमेरिकाले चीनबाट आउने आगन्तुकहरूमा अनिवार्य कोभिड परीक्षणको नियम लागू गरेको छ ।

यसअघि इटाली, जापान, मलेसिया, ताइवान र भारतले पनि चिनियाँ नागरिकले अनिवार्य कोरोना परिक्षण गर्नुपर्ने मापदण्ड तय गरेका थिए ।

बेलायत सरकारले चिनियाँ यात्रुहरूको लागि परीक्षण वा अन्य प्रवेश मापदण्डको कुनै योजना नभएको बताएको छ ।

चीनले जनवरी आठ पछि आफ्ना नागरिकहरूका लागि विदेश भ्रमण खुला गर्ने घोषणा गरिसकेको छ ।

सरकारले भ्रमण खुला गर्ने बित्तिकै चीनबाट ठूलो संख्यामा पर्यटकहरू निस्कने त्योसँगै संक्रमण फैलिने अनुमान गरिएको छ ।

झण्डै तीन वर्षको प्रतिबन्धपछि चीनले जनवरी ८ बाट मानिसहरूलाई सहज रूपमा यात्रा गर्न दिने भएको हो ।

Leave A Reply

Your email address will not be published.