अमेरिका र क्यानडामा अत्याधिक चिसोका कारण मुत्यु हुनेको संख्या ३८ पुग्यो

0

एजेन्सी : अमेरिका र क्यानडामा चिसो आँधीसहितकोका कारण मृत्यु हुने मानिसको संख्या ३८ पुगेको छ ।

चिसो आँधीले सबै भन्दा बढी प्रभावित भएको न्युयोर्कको बफेलो शहरमा मात्रै सात जनाको मृत्यु भएको छ ।

ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्य नराम्रोसँग प्रभासवत भएका छन् ।

हिमपातका कारण आइतबार मात्रै ५ करोड ५० लाख मानिस प्रभावित भएका छन् ।

न्युयोर्कका गर्भनर क्याथी होचुलले न्युयोर्ककै इतिहासमा यस्तो विनाशकरी हिमपात ब्यर्होनुपरेको बताएका छन् । उनका अनुसार बिजुली आपूर्ति बन्द हुँदा १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् ।

क्यानाडादेखि टेक्ससको दक्षिणी भागसम्म फैलिएको हिमपातले हजारौं घरहरू पुरिएका छन् । हजारौं उडानहरु प्रभावित हुँदा लाखौं यात्रु अलपत्र परेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन ।

चिसो आँधीले अमेरिकाको केही भागमा तापक्रम माइनस ४५ डिग्री सेल्सियसमा झरेको छ । हिमपातले विभिन्न राज्यका सहरहरू अस्तव्यस्त बनेका छन् । खराब मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरू बरफ र हिउँले घेरिएका घरहरूमा फँसेका छन् ।

Leave A Reply

Your email address will not be published.