चालू आर्थिक वर्षको पाँच महिनामा इन्धन आयात ११ प्रतिशतले घट्यो

0

काठमाडौं : चालू आर्थिक वर्षको पाँच महिना साउनदेखि मंसिरसम्म इन्धन आयात ११ प्रतिशतले घटेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास आयात भएको छ ।

अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो ।

इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ । खपत कम हुँदा आयातमा कमी आएको निगमको भनाइ छ ।

विकास निर्माणको काम नहुँदा इन्धन खपतमा कमी आएको देखिएको छ । भारतमा भन्दा नेपालमा इन्धनको मूूल्य महँगो भएका कारण पनि खपतमा कमी आएको निगमले जनाएको छ ।

तरलता अभाव, बैंकको चर्काे ब्याजदरले औद्योगिक उत्पादनमा कमी आउनु र विकास निर्माणको काम नहुँदा इन्धनको खपतमा कमी आएको निगमले जनाएको छ ।

निगमका अनुसार कुल खपतको २५ देखि ३० प्रतिशत डिजेल औद्योगिक प्रयोजनमा खपत हुने गर्छ ।

जलविद्युत् निर्माणमा बढी डिजेलको खपत हुने गरेकामा पछिल्लो समय निर्माण कार्य ठप्प अवस्थामा छ ।

चालू आर्थिक वर्षको पाँच महिनामा इन्धन आयात गरेर ३९ अर्ब १७ करोड ४८ लाख रुपियाँ राजस्व संकलन भएको छ ।

Leave A Reply

Your email address will not be published.