दक्षिण अफ्रिकाको जोहानेसबर्गमा ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु

0

एजेन्सी : दक्षिण अफ्रिकाको जोहानेस बर्ग नजिक इन्धन बोकेको ट्यांकर विस्फोट हुँदा १० जनाका मृत्यु भएको छ ।

जोहानेस बर्गको ट्याम्बा मेमोरियल अस्पताल नजिकको पुलमुनि फसेको ट्यांकरमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो ।

विस्फोटमा परी ४० जना घाइते भएका हुन् । घाइते मध्ये अधिकांशको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अग्नीनियन्त्रहरुले आगलागी नियन्त्रणको प्रयास गर्दा एक्कासी विस्फोट भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विस्फोटका कारण अस्पतालको छतको केही भाग भत्केपछि बिरामीहरुलाई अन्यत्र सारिएको छ । विस्फोटका कारण केही सवारीसाधनमा क्षति पुगेको छ ।

Leave A Reply

Your email address will not be published.