एनआरएनए बेल्जियमले नेपाली नयाँ बर्षमा लुभेनमा नेपाली मेलाको आयोजना गर्ने,

0

गैर आबासीय नेपाली संघ बेल्जियमले संघका केन्द्रीय पदाधिकारीहरु र कार्यसमिती सदस्यहरुको उपस्थितिमा बिशेष बैठक गर्दै आगामी दिनमा सन्स्थाको सदस्यता बितरण , बिधान परिमार्जन र नेपाली समुदायको एकता र सामाजिक सान्स्कृतिक कृयाकलापलाई निरन्तर अगाडि बढाउने निर्णय गरेकोछ । नेपाली कला सन्स्कृतिको संरक्षण र देशमा पर्यटन प्रबर्धनका लागि आगामी अप्रिल १६ गते बेल्जियमको लुभेन शहरमा नेपाल मेलाको आयोजना गर्ने तयारी पनि गरेकोछ । गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्क केसीको अध्यक्षता र केन्द्रिय सचिब गंगाधर गौतम, कोषाध्यक्ष लोक दाहाल , प्रबक्ता शिव कुमार बडुवाल, युरोप उपसंयोजक चित्र सुबेदी, युरोप युबा उपसंयोजक दीपक न्यौपाने, आईसिसी सदस्य द्वय गंगा शर्मा र रोशन जोशीको बिशेष उपस्थिती रहेको बैठकले निम्न बमोजिमका निर्णय गरेको संघका महासचिब रमेश कंडेलले जनाएकाछन ।

निर्णयहरु:

  1. गैरआवासीय नेपाली संघ बेल्जियम २०२३-२०२५ कार्यकालको लागि अधिवेशन सम्पन्न गर्न निम्न समितिहरु गठन गरिएको छ।
    क) सदस्यता वितरण तथा नविकरण समिति:
    संयोजक: रमेश कंडेल, सदस्य सचिब: जगदिश सापकोटा , सदस्य सुवास भट्ट ; रोशन जोशी, शुसिला खतिवडi, हरी भट्टराई, धर्म पाठक,

    ख) विधान समिति :
    संयोजक: कृष्ण तिवारी
    सदस्य: दिपक न्यौपाने, ईन्द्र ओली, मनिश गुरुङ, शुभास गुरुङ,
  2. नेपाल महोत्सव २०२३ बेल्जियमको लुभेन शहरमा १६ अप्रिल २०३३ आईतबार का दिन आयोजना गर्ने निर्णय सहित मुल आयोजक समिति तथा ब्यावस्थापन समिति गठन गरियो।
    क) मुल आयोजक समिति:
    संयोजक: खड्क बहादुर केसी
    सदस्यहरु:
    -संस्थापक अध्यक्षज्यू
    -NRNA बेल्जियम का सम्पूर्ण पूर्व अध्यक्षज्यूहरु
    -एन आर एन केन्द्रीय पदाधिकारी तथा सदस्यज्यूहरु
    -बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ सस्थाका अध्यक्षज्यूहरु
    यसोदा थापा
    झलक के सी
    -पत्रकारज्यूहरु
    ओम शर्मा
    केजिन राई
    सनत आचार्य
    ख) ब्यवस्थापन समिति
    संयोजक: तिर्थ राज धमला
    सदस्यहरु:
    लोकेन्द्र नेपाल
    राजेश केसी
    दिपक राउत
    मदन दवाडी
    रुविना शर्मा
    काशी दनै
    चिरण कुमार खवास
    महिल्दो वाईवा
    सुमित पौडेल
  3. हाल सम्म लेवि तिर्न बाँकी पदाधिकारी तथा सदस्यहरु लाई लेवी भुक्तानीको लागि औपचारिक रुपमा पत्राचार गर्ने निर्णय गरियो । लेवी भुक्तानी नभएमा विधान अनुसार अगाडी बढ्ने निर्णय गरियो।
  4. संस्थाले प्रकाशित गरेको स्मारिका “बेल्जियम दर्पण“ मा विज्ञापन दिएर भुक्तानी नआएका विज्ञापनदाताहरुलाई औपचारिक रुपमा पत्राचार गरेर भुक्तानिको लागि अनुरोध गरिने निर्णय गरियो।
  5. निस्कृय रहेका सदस्यहरुलाई सकृय वनाउन उत्प्रेरित गर्ने साथै निस्कृयनै रहेमा विधान अनुसार अगाडी बढ्ने निर्णय गरियो।
  6. “एक पटकको नेपाली सधैको नेपाली” भन्ने हाम्रो मुलमर्म संग जोडिएको नागरिकता विषय जोडदाररुपमा उठाउदै केन्द्रलाई यस्को जानकारी दिने निर्णय गरियो।
  7. बेल्जियममा नेपालीहरुको घर चोरी सम्बन्धि अध्ययन र सुझाबको लागि “घर चोरी अध्ययन तथा सुझाब समिति” गठन गरियो
    संयोजक: मदन दवाडी
    सदस्य: जगदिश सापकोटi
    सदस्य: रोशन जोशी (भिम)
    सदस्य: काशी दनै
    सदस्य: रुविना शर्मा
  8. गत १४ सेप्टेम्बर २०२२ मा ब्रुजमा भएको १७ औं साधारण सभामा केही कमिकमजोरी सहित भब्यरुपमा सम्पन्न भएको र आगामी दिनहरुमा भएका कमिकमजोरी बाट पाठ सिक्दै अगाडि बढ्ने निर्णय गरियो।
  9. नेपाल हाउस सम्बन्धि छलफल हुदा नेपाल हाउसमा लगानी गर्न प्रतिबद्धता जनाउनु हुने लगानीकर्ताहरु माझ छलफल गर्न निर्णायक मिटिङको आयोजना गर्ने निर्णय गरियो।
  10. एन आर एन ए बेल्जियम को १९-२१ कार्यकाल मा एन आर एन केन्द्र को एक देश एक परियोजना कार्यक्रम अन्तरगत सरुवा रोग निवारण अस्पताल पोखरा का लागि अक्सिजन प्लान्ट पठाएकोमा पोखरा नगरपालिका र प्रदेश सरकार बाट सहयोग गर्ने प्रतिबद्धता भए अनुसार कार्यान्वयन नभएको हुदा बाकी रकम भुक्तानी गर्न नेपालको सम्बन्धित निकायमा समन्वयका लागी एन आर एन केन्द्रलाई अनुरोध गर्ने निर्णय गरियो।
  11. विविध निर्णयहरु
    गैरआवासीय नेपाली संघ बेल्जियमको आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत
    क) लायन्स क्लब पर्वत, भुमेकोट लाई ३०० युरो सहयोग।
    ख) INAS बेल्जियमले ब्रुजमा सञ्चालन गरेको “INAS Dance School, Brugge लाई ३०० युरो सहयोग ।
    ग) कर्णालीका बाढी पहिरो पिडित बालबालिका सहयोग अभियानलाई ५०० युरो सहयोग गर्ने निर्णय गरियो।यस बैठकमा संस्थापक अध्यक्ष रबिन्द्र मान श्रेष्ठ, निवर्तमान केन्द्रीय महिला संयोजक रजनी प्रधान, उपाध्यक्ष तीर्थराज धमला , युवा उपाध्यक्ष राजेश केसी, सचिब सुभास भट्ट, सचिब जगदिश सापकोटा, कोषाध्यक्ष पुष्प नेपाल, प्रबक्ता दिपक राउत, सदस्यहरु, रुविना शर्मा , लक्ष्मी सुबेदी, ज्ञानु बरुवाल, सल्लाहकार झलक केसी, सल्लाहकार कृष्ण तिवारी, विज्ञ समिति सदस्य पत्रकार सनत आचार्य, मानार्थ परिषद सदस्य पत्रकार ओम शर्मा तथा लेखा समिती सदस्य मदन दवाडीको उपस्थिति थियो। सोही बैठकमा नेपालबाट आउनुभएका कलाकारहरु मल्लिका कार्की र पल्पसा डंगोललाई संस्थाका अध्यक्ष खड्क बहादुर केसीले खादा लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो। बैठकको सन्चालन महासचिब रमेश कंडेलले गरेनु भएको थियो ।
Leave A Reply

Your email address will not be published.