नेपाली मुलका सुर्य ढकालले लिए बेल्जियमको लुभेन नगरपालिका सदस्यको सपथ

0

बेल्जियमको लुभेन नगरपालिकाको नगर कार्यपालिका सदस्यको रुपमा एकजना नेपाली चयन भएकाछन । उक्त नगरपालिकाको दुई बर्ष अघि भएको निर्वाचनमा बैकल्पिक सदस्य निर्बाचित भएका सुर्य ढकालले हिजो सोमबार नगर पालिका सदस्यको रुपमा सपथग्रहण गरेकाछन । उनी सम्बद्ध पार्टी एसपेआबाट निर्बाचित सदस्य तथा नगर उपप्रमुख देनिस भान्दभोर्तले २०२३ जनवरी एकबाट अबकाश लिने भएकोले प्रतिक्षा सुचिमा रहेका ढकालले आगामी दुई बर्ष सिटी काउन्शिलरको रुपमा काम गर्नेछन ।


ढकाललाई सोमबार भएको नगर कार्यपालिका बैठकमा कार्यपालिकाकी अध्यक्ष रहेकी दोरिन मौलेनेइजरले सपथ गराएकी हुन । ढकालको कार्यकाल आगामी जनवरी एक तारिखबाट सुरु हुनेछ ।

सपथ ग्रहण पछि कार्यपालिका सदस्यको रुपमा शहरको ब्यबस्थितिकरण र शहरबासीको एकताका लागि आफुले सकृय भएर काम गर्ने ढकालले बताएकाछन । नेपालमा कानुनको अध्ययन गरेका ढकालले आप्रबासीको हकहितमा काम गर्ने र बिशेष गरी नेपाली समुदायको पहिचान र आगामी पुस्ताको सुनौलो भबिष्य निर्माणका लागि नगरपालिकाको नीतिनिर्माण र कार्यन्वयनको पक्षमा लाग्ने बताएकाछन ।

ढकालले वर्तमान नेपाली समुदायमा एकता र सद्भावका लागि प्रयासरत रहने र आगामी समयमा बेल्जियममा नेपाली युवाहरुलाई सामाजिक कामको लागि अभिप्रेरित गर्ने योजना रहेको पनि बताए ।


ढकाल अघि नेपाली मुलका कृष्ण क्षेत्री उक्त नगरपालिकाको सदस्य निर्बाचित भएर काम गरी रहेकाछन । नेपालीहरुको बाक्लो बसोबास रहेको विश्वाबिद्यालयको शहर भनेर चिनिने लुभेन नगरपालिकामा अब दुई जना नगर कार्यपालिका सदस्य भएकाछन ।


श्रीमती लक्ष्मी , छोरी बर्षा र छोरा बिराटका साथ दुई दशक देखि लुभेनमा बस्दै आएका ढकाल बिभिन्न सामाजिक र सामुदायिक संघ संस्थामा पनि सक्रिय छन ।


ढकालको सपथ ग्रहणमा लुभेन नगरका मेयर मोहमद रिदवानी लगायतका नगरका पदाधिकारी एबम बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभंडारी, एनआरएनए बेल्जियम अध्यक्ष खड्क केसी , केन्द्रीय सचिब गंगाधर गौतम सहित संघ संस्थाका पदाधिकारीहरु सहभागि थिए ।

Leave A Reply

Your email address will not be published.