एमालेले सरकार बाहिर बसेर देश र जनताको लागि काम गर्छ : गोकर्ण विष्ट

0

काठमाडौं : नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमालेले सरकार बाहिर बसेर देश र जनताको लागि काम गर्ने बताएका छन् । 

आज बुटवलमा पत्रकारहरुसगँ कुरा गर्दै उनले एमालेको प्राथमिकता देश विकास र सम्वृद्धि रहेकोले सत्ता प्राप्तिका लागि अवान्छित गतिबिधी गरेर सरकारमा जाने हतारो नगर्ने एमालेले नगर्ने बताएका हुन् । 

एमाले सरकार निर्माणमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभए पनि सचिव विष्टले आवश्यकता आए सरकार गठनको प्रक्रियाबाट टाढा नभाग्ने उल्लेख गरे ।

सचिव विष्टले लोकतन्त्रको मर्यादा र भूमिकालाई कायम राखेर संसदीय अभ्यासलाई आत्मसाथ गर्दै जनताको भावना विपरित काम नगर्ने विश्वास व्यक्त गरे । 

उनले मंसिर चारमा भएकाले निर्वाचनले एमालेलाई प्रतिपक्षमा बस्ने म्यान्डेट दिएकोले यो निर्वाचनले बाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपुर्ण सन्देश दिएको तर्क समेत गरे । 

एमालेको भुमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरीए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रुपमा अनुमोदन जिकिर सचिव विष्टको छ ।

Leave A Reply

Your email address will not be published.