मटिहानी गुठीका महन्थ वैष्णव किर्ते हस्ताक्षर गरेर ७० लाख निकालेको आरोपमा पक्राउ

0

महोत्तरी : प्रहरीले महोत्तरीको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेरमेगा बैंक रूपन्देही शाखाबाट कीर्ते गरी ७० लाख झिकेको आरोपमा लक्ष्मी नारायण मठबाट उनलाई आज बिहान पक्राउ गरिएको हो ।

सरकारले रोक्का राखेको अवस्थामा सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर कीर्ते गरी खाताबाट रकम झिकेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको पत्रअनुसार महोत्तरी प्रहरीले मानमहन्त दासलाई पक्राउ गरेर सिद्धार्थनगर पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृृष्ण पंगेनीका अनुसार रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर रोक्का रहेको बैंक खाता फुकुवा गरेर ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा झिकेको देखिएको छ ।

दासले आफ्नै नाममा रहेको सिद्धार्थनगर शाखाको मेघा बैंकको खाताबाट जनकपुरका श्रवण यादवलाई ७ नोभेम्बरमा सो रकम पठाएका थिए ।

Leave A Reply

Your email address will not be published.