एमालेले बोलायो सांसदहरुको भेला

0

काठमाडौं : नेकपा एमालेले पार्टीबाट प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसदहरुको भेला बोलाएको छ । पुस ५ गते काठमाडौको कमलादीमा भेला आयोजना गरिएको हो ।

भेलामा सहभागीहरुलाई पार्टीका शीर्ष नेताहरुले प्रशिक्षण दिने बताइएको छ । एमालेबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ जना निर्वाचित भएका छन् ।

प्रदेश सभामा दुवै निर्वाचन प्रणालीबाट एक सय ६१ जना चुनिएका छन् । संघ र प्रदेशमा गरेर एमालेका दुई सय ३९ जना सासद रहेका छन् ।

Leave A Reply

Your email address will not be published.