पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट पद प्राप्तिका लागि होइन : कांग्रेस नेता केसी

0

काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन् ।

उनले राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा विभिन्न दलका शीर्ष नेतासँग छलफल गरेको बताएका हुन् ।

नेता केसीले स्थापित पार्टीहरुको नेता, नेतृत्व,नीति र कार्यशैलीको विरोधमा नो भोटका रुपमा नागरिकहरुले स्वतन्त्रहरुलाई भोट दिएको समेत दाबी गरे ।

नेता केसीले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनैपनि पद माग्न नजाने स्पष्ट पारे । उनले नेपाली कांग्रेसकै नेतृत्वमा आगामी सरकार बन्ने पनि दाबी गरे ।

पार्टी भित्रको नीति, नेतृत्व, कार्यशैली, विधि, व्यवहारलाई परिवर्तन गरेर नयाँ विश्वास, आशा जगाउने परिवेश निर्माण गर्नुपर्ने अहिलेको आवश्यक्ता भएको नेता केसीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.