एकीकृत समाजवादीमा दुई धार

0

काठमाडौं : नेकपा एमालेबाट विभाजन भएर गठन भएको नेकपा एकीकृत समाजवादीभित्र माओवादी केन्द्रसँग एकता गर्ने वा नगर्ने भन्ने विषयमा विवाद चुलिन थालेको छ । 

अध्यक्ष माधव नेपाल एकताका लागि सकारात्मक देखिए पनि नेताहरु मुकुन्द न्यौपाने, महासचिव बेदुराम भुसाल र झलनाथ खनाल निकट नेताहरु एकताको विपक्षमा देखिन थालेका हुन् । कतिपय नेताहरु त एमालेसँग वार्ता गरेर पार्टी एक गर्नुपर्नेमा समेत जोड दिन थालेका छन् । उपमहासचिव जगन्नाथ खतिवडा तथा सचिव रामकुमारी झाँक्री लगायतका केही नेताहरु सकभर चाँडो पार्टी एकता गरेर अघि बढ्नुपर्ने पक्षमा देखिएका छन् । अझ दुईपार्टीबीच तत्कालै एकता हुनेखालका समाचार बाहिरिन थालेपछि महासचिव भुसालले विज्ञप्ती नै जारी गरेर भ्रामक प्रचारको पछि नलाग्न अपिल समेत गरेका थिए ।

‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रस्ट छौ तर अहिले त्यससम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केही पनि भएको छैन, हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकोले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ’ नेता भुसालले जारी गरेको विज्ञप्तीमा भनिएको थियो । उनले दुई पार्टीबीच एकताका लागि वार्ता समिति गठन गर्ने तयारी भएपनि हालसम्म छलफल समेत अघि नबढेको प्रष्ट बनाएका छन्  ।

नेता खनाल निकट एक नेताले पनि चुनावी परिणाम राम्रो नआउँदै पार्टी एकता गरिहाल्नु नहुने बताएका छन् । ‘पार्टीको विचार र सिद्धान्त स्पस्ट हुनुपर्छ त्यसमा विवाद छैन तर कसैले निर्वाचन हारेको झोंकमा पार्टी एकता वा अर्को गठबन्धन पनि भने होलान् तर त्यो क्षणिक आक्रोशबाहेक केही होइन’ उनले भने । साथै उनले नेता खनाल एमालेमा जाने भन्दापनि यहीँ पार्टी बलियो बनाएर लैजाने पक्षमा रहेको प्रष्ट पारेका छन् । 

अर्का नेता मुकुन्द न्यौपाने माओवादीसँग एकता गरेर विद्रोह पुष्टि नहुने भन्दै एमालेमै जानुपर्ने सुझाव दिन्छन् । अझ उनले वाम सरकार निर्माण गरेर अघि जानुपर्ने कुरामा जोड दिदैँ आएका छन् । एकातिर पार्टीलाई राष्ट्रिय पार्टी बन्न सकस परिरहेको छ भने अर्कातिर नेताहरुबीच मतान्तर बढ्ँदै जाँदा थप संकट देखापर्ने देखिएको छ । तरपनि, अधिकांश नेताहरु पार्टी एकताकै पक्षमा देखिएका छन् ।

Leave A Reply

Your email address will not be published.