काठमाडौं : धनुषामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको बिरेन्द्र बजारमा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह छिन् भने अन्यको परिचय खुल्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।