
आदिबासी जनजाती महासंघका पुर्व महासचिव एंव मानवशास्त्री प्राध्यापक डा.ओम गुरुङ्गको ४९ औ दिनको पुण्य तिथिको सेरोफेरोमा तमु समाज बेल्जियमले बेल्जियमको शैक्षिक शहर लुबेनमा एक शोकसभा कार्यक्रमको आयोजना गरेकोछ ।
तमु समाज बेल्जियमको अध्यक्ष श्री ओम राज गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी रहनु भएका आदिबासी जनजाती महासंघ बेल्जियमका उपाध्यक्ष श्री होम तमुले डा.गुरुङ्ग आदिबासी जनजाती महासंघको महासचिव हुदाको कार्यकाल अत्यन्तै सफलताका साथ सम्पन्न गर्नु भएको र समुदायको लागि योगदान गरेर पनि ब्यक्तिगत प्रतिफल नखोज्ने ब्यक्ति हुनुहुन्थ्यो भन्नु भयो । उहा मानव जीवनको शुरुवात देखि बिकाशको निरन्तरता अनि कालन्तर सम्मको महत्वपुर्ण बिषय मानव बिज्ञान जस्तो बिषयमा बिध्यावारिधी गर्नु भएको हुदा वहाँ जस्तो बिशेष ब्यक्तिको मृत्युले सिङ्गो मुलुकलाई नै घाटा पर्न गएको बिचार ब्यक्त गर्नु भयो ।
कार्यक्रमका अर्का अतिथी तामाङ्ग समाज बेल्जियमका अध्यक्ष श्री राम लामाले चेतना बिकासको पाठ सिकाउनु हुने डा.गुरुङ्ग शिक्षा बिद, बिशेषज्ञ र अनुसन्धानकर्ता भएकोले बहुप्रतिभा भएको आदर्णिय ब्यक्तित्व हुन्हुन्थ्यो भन्नु भयो ।
विश्व मगर संघ बेल्जियमका अध्यक्ष श्री लोक राना मगरले प्राध्यापक गुरुङ्ग आफ्नै गुरु भएको र आजसम्म पनि वहांले देखाउनु भएकै बाटोमा आफू हिडिरहेको र लोभ लालचामा नफसी कसै सङ्ग सम्झौता नगर्ने, शिक्षाको प्रेरणा,सिद्दान्तको पक्षधर ब्यक्तिगत स्वार्थ भन्दा माथी उठेर समाज र देशलाई उच्चतम बिन्दुमा पुर्याउने सोचमा अडिग वहांको स्वभाव भएको र वहांको मृत्युले जनजातिहरुले ठूलो घाटा ब्योहोर्न परेको कुरा ब्यक्त गर्नु भयो ।
कास्की समाजका अध्यक्ष श्री जीवन तमुले पटक-पटक प्राध्यापक सङ्गको भेटले वहांले आफ्नो जिन्दगी आदिबासी उत्थानको लागि अर्पण गर्नु भएकोले प्राध्यापक गुरुङ्ग ब्यक्ति नभै आदिबासी आन्दोलनको सिङ्गो दस्तावेज नै हुनुहुन्थो भन्नुभयो । आमा समाजकी अध्यक्ष श्रीमती बबिता गुरुङ्गले वहाँको मृत्युले सिङ्गो देशलाई नै घाटा परेको जनाउनु भयो ।
पर्वत समाज बेल्जियमकी अध्यक्ष श्रीमती नन्द कुमारी तमुस्योले बाग्लुङ्ग भुस्कटको एकजना गुरुङ्ग ठूलो मान्छे बनेको छ रे भन्ने आफुले सुनेको र सन २००२ मा बेल्जियमा पहिलो पटक भेट हुदा आफू निकै खुशी भएको , डा गुरुङ्ग पढाउने, सिकाउने गुरु मात्रै नभै लोक सास्कृतिको पारखी भएको र पहिलो भेटमै बेल्जियममा लोक भाकामा गीत गएर रमाईलो गर्नु भएको किस्सा सुनाउनु भयो ।
कार्यक्रममा सिक्लेस पार्चे कल्याण कोष बेल्जियमका अध्यक्ष श्री ओम प्रसाद तमुको पनि उपस्थिती रहेको थियो । प्रमुख अतिथी श्री होम तमु र अध्यक्ष श्री ओम राज तमुले सयुक्त रुपमा पानसमा बत्ती बाली शुरु भएको कार्यक्रममा प्राध्यपक गुरुङ्गको सम्झनामा एक मिनेट मौनधारण गरेको थियो । कार्यक्रमको संचालन महासचिव श्री सुर्य बहादुर गुरुङ्गले गर्नु भएको थियो ।
प्राध्यपक डा गुरुङ्गको जीवनी बारे पारिवारिक परिचय, प्रारम्भिक शिक्षा, राजनितिक भुमिका, उच्च शिक्षा, जागिरे जीवन , जनजाती आन्दोलनमा उहाको भुमिका लगायत बिषयमा बिस्तृत रुपमा सल्लाहकार नन्द राज घलेले सुनाउनु भएको थियो ।
अमेरिकाको कर्नल विश्व बिध्यालयबाट बिध्यावरिधी गर्नु भएका प्राध्यापक गुरुङ्गले सन १९८० देखि २०१५ सम्म त्रिभुवन विश्व बिध्यालय किर्तिपुरमा समाज शास्त्र/ मानव बिज्ञान संकयमा अध्यापन गराउनु भएको थियो भने सोही संकायको प्रमुख भएर १२ बर्ष बिताउनु भएको थियो । आदिबासी जनजाती महासंघको महासचिव, गेसोको प्रमुख सल्लाहकार जस्ता महत्वपुर्ण जिम्मेवारी निर्वाह गर्नु भएका वहाँ बामपन्थी बिचारक हुनुहुन्थ्यो । केही बर्ष अघि मात्रै वहांको मृगौला प्रत्यारोपण गर्नु भएको थियो । ११ फेब्रुवरी १९५३ मा जन्मिनु भएका प्राध्यापक गुरुङ्गको दुबै मृगौलाले काम गर्न छोडे पछी ६९ बर्षको उमेरमा १७ अक्टोबर २०२२ का दिन हरिसिद्दी क्यान्सर अस्पताल पाटनमा निधन भएको थियो ।
