काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आज मतदान जारी छ । आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म हुनेछ ।
आममतदातासँगै विभिन्न दलका शीर्ष नेताहरूले पनि अहिले मतदान गरिरहेका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा मत खसालेका छन् ।
गोरखा २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका प्रचण्डले भरतपुर-१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका हुन् ।
मतदान गरेपछि प्रचण्डले प्रधानमन्त्रीका नाममा अहिलेको सत्ता गठबन्धन नटुट्ने बताए । अहिलेको गठबन्धनबाट चुनावपछि को प्रधानमन्त्री हुने भन्ने सार्वजनिक भएको छैन ।