केपी ओलीले गरे मतदान

0

भक्तपुर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । उनले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रबाट मतदान गरेका हुन् । 

झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओलीले आफैंलाई मत दिन पाएनन् । उनले झापाबाट भक्तपुर बालकोटमा मतदाता नामावली सारेका कारण आफैंलाई मत दिन नपाएका हुन् । 

तर, समानुपातिकतर्फको मत भने दिन पाउनेछन् ।

Leave A Reply

Your email address will not be published.