अर्थमन्त्री शर्माले गरे मतदान

0

रुकुम पश्चिम : अर्थमन्त्री जनार्दन शर्माले मतदान गरेका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहनुभएका शर्माले मुसीकोट नगरपालिका-५ सेरीगाउँमा रहेकाे यमुनानन्द नमुना माविमा रहेको ‘क’ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

शर्माले मतदान केन्द्रमा पहिलो मत खसालेको मतदान अधिकृत जोखबहादुर खड्काले जानकारी दिए । 

मतदान पश्चात शर्माले सबैलाई ढुक्क भएर सही तरिकाले मतदान गर्न आह्वान गरे। माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अर्थमन्त्री शर्मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुन् ।

Leave A Reply

Your email address will not be published.