सात दशकको सपना पूरा: एमाओवादी अध्यक्ष

0

काठमाडौँ, १ असोज । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभाबाट नेपालको संविधान, २०७२ पारित र प्रमाणीकरण भएसँगै नेपाली जनताको सात दशकको सपना पूरा भएको बताउनुभएको छ । संविधानमा आज सभाध्यक्षबाट प्रमाणीकरण भएपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो पार्टीले सोचेजस्तो रुपमा संविधान नबने पनि जनताका प्रतिनिधिले जनताका लागि संविधान बनाएको घटना ऐतिहासिक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो – “यो सबै नेपालीको जित हो । नेपाल राष्ट्रको विजय हो । यसमा अब असन्तुष्ट पक्षका आवाज समेटेर परिमार्जन र समृद्ध गराउँदै जान सकिन्छ ।” उहाँले मधेस केन्द्रित दलका जायज मागलाई सम्बोधन गर्न सकिने पनि स्पष्ट गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.