५३७ सभासद्को हस्ताक्षर

0

काठमाडौँ, १ असोज । संविधानसभाका ५३७ सभासद्ले नेपालको संविधान, २०७२ मा हस्ताक्षर गर्नुभएको छ । आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म पारित संविधानको प्रतिमा हस्ताक्षरका लागि समय तोकिएकामा संविधानसभामा हाल कायम ५९८ सभासद्मध्ये ५३७ जनाले हस्ताक्षर गर्नुभएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
गत भदौ ३० गते संविधानको विधेयकमा मतदान हुँदा कुल ५३२ सभासद् सहभागी हुनुभएकामा ५०७ ले पक्षमा र २५ सभासद्ले विपक्षमा मतदान गर्नुभएको थियो । मतदानमा अनुपस्थित केही र विपक्षी राप्रपा नेपालका सभासद्सहितको हस्ताक्षरका कारण सङ्ख्या बढेको हो ।
मतदानमा अनुपस्थित विश्वेन्द्र पासवान, लक्ष्मण राजवंशी, राज्यलक्ष्मी गोल्छा, मेघराज नेपाली (निषाद) पनि हस्ताक्षर गर्ने कार्यमा सहभागी हुनुभयो ।

Leave A Reply

Your email address will not be published.