मुख्यमन्त्रीसँग गाडी प्रयोगको विवरण माग

0

काठमाडौं : मधेशका मुख्यमन्त्री, मन्त्रीहरुसँग गाडी प्रयोगको विवरण मागिएको छ । चुनाव प्रचारमा सरकारी सवारी साधन प्रयोग गरेको विषयमा निर्वाचन आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेश सरकार सचिवालयसँग विवरण माग गरेको हो ।  

मुख्यमन्त्री र मन्त्री र प्रदेशसभाका विभिन्न समितिका निवर्तमान सभापतिहरुले सरकारी सवारी साधनमा निजी नम्बर प्लेट राखेर निर्वाचन प्रचारमा हिँडेको उजुरी परेपछि आयोगले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयसँग विवरण माग गरेको जनाएको छ । 

आयोगका अनुसार मधेशका मुख्यमन्त्री, मन्त्रीहरुले चुनाव प्रचारमा सरकारी सवारी साधन प्रयोग गरेको विषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र प्रदेश सरकार सचिवालयसँग विवरण माग गरिएको छ । ‘…पदाधिकारीहरुलाई सरकारी सुविधास्वरुप तहाँबाट उपलब्ध गराइएका सवारी साधनहरु‘फिर्ता गरी दाखिला भए नभएको यकिन विवरणसमेत यो पत्र प्राप्त भएको दुई दिनभित्र पछिसम्म फरक नपर्ने गरी आयोगलाई उपलब्ध गराउनुहुन निर्णयअनुसार अनुरोध गरिन्छ’ आयोगले पठाएको पत्रमा भनिएको छ ।

मुख्यमन्त्री, मन्त्री र प्रदेशसभाका विभिन्न समितिका सभापतिले सरकारी सवारी साधन प्रयोग गरेको भए त्यस्ता सवारी साधन नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।

पदबाट हटेपछि पनि सरारी सवारी साधन नबुझाई लगेको वा त्यस्ता सवारी साधन निजी नम्बर प्लेट राखेर प्रयोग गरेको भेटिए नियन्त्रणमा लिन निर्देशन दिएको आयोगका अधिकारीहरुले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.