राष्ट्रिय स्वतन्त्र पार्टीको ‘वाचापत्र’ सार्वजनिक (पूर्णपाठ)

0

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा लागि चुनावी घोषणापत्रको रुपमा ‘वाचापत्र’ सार्वजनिक गरेको छ ।

पार्टीका अध्यक्ष रबि लामिछानले राजधानीमा वाचापत्र सार्वजनिक गरेका हुन् । वाचापत्रमा जनताका साना र मसिना माग र चाहना समेटिएको उनले दाबी गरे ।

उक्त घोषणा पत्रअन्तर्गत शासकीय स्वरूपतर्फ राष्ट्रपति पदमा पुग्नका लागि कुनै पनि दल छाडेको या नलागेको १० वर्ष पूरा हुनुपर्ने उलल्लेख गरिएको छ । 

पार्टीले राष्ट्रपति चयनका लागि वडाध्यक्षदेखि संघीय संसदसम्म सम्मिलित वृहत् निर्वाचन मण्डलबाटनिर्वाचन गरिनुपर्ने पनि प्रस्ताव अघि सारेको छ ।

अध्यक्ष लामिछानेले आफू देश दौडाहामा निस्किएको बेला जनताले पिउने पानी, बत्ती, पढ्न, यातायात र उपचार जस्ता सामान्य कुरा माग गरेको र नेताहरु त्यसलाई बेवास्ता गरेर ठूला सपना बाँड्न र भ्रम छर्न तल्लिन रहेको आरोप लगाए ।

यी कुरा जनताका अधिकार भएको भन्दै अहिले नेताहरुले तिनै कुरा दिन्छौं भनेर चुनावमा आश्वासन बाँडेको बताए । उनले आफूलाई आगामी निर्वाचनमा संघीय सांसदमा निर्वाचित गर्ने र संसदमा गएर जनताकै आवाज बोल्ने उनले बताए । त्यसनिम्ति निर्वाचित भएर संसदमा जनताका आवाज बुलन्द गर्न आतुर रहेको उनले बताए ।

‘अब मलाई जनताको मत जितेर संसदमा पुग्न मलाई कुनै गाह्रो छैन’ उनले भने, ‘त्यो दिन अब धेरै छैन, म जहाँ रहेपनि, पुगेपनि जनताकै साथमा हुनेछु ।’ कार्यक्रममा उनले आफूले जनतामाझ बोलेका कुरा पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्दै नगरेको खण्डमा गरिने कारबाहीसम्बन्धी कागज तयार परेमा ल्याप्चा लगाउन तयार रहेको समेत बताए ।

संचारकर्मी समेत रहेका लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी केही महिना अघिमात्र गठित भई निर्वाचन आयोगमा दर्ता राजनीतिक दल हो ।

काठमाडौं क्षेत्र नं. ३ का मतदाता लामिछाने यसपटक प्रतिनिधिसभा सदस्यका लागि चितवन क्षेत्र नं. २ बाट उम्मेदावार बनेका छन् । उनले निर्वाचन आयोगबाट चुनाव चिन्ह घण्टी पाएका छन् ।

Leave A Reply

Your email address will not be published.