डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न अन्तरिम आदेश

0

काठमाडौंः ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

सर्वाेच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार यस विषयमा सर्वोच्चले निर्वाचन आयोगसँग लिखित जवाफ माग गरेको छ ।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य रहेको र उक्त पद लाभको पद भएको भन्दै निर्वाचन आयोगले  कात्तिक १२ गते कार्कीको उम्मेदवारी खारेज गरिदिएको थियो ।

Leave A Reply

Your email address will not be published.