इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु

0

इरानको दक्षिणी  सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएकाे छ ।

बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

मारिनेमा  एकजना महिला र अरु दुई बालबालिका छन् ।

सो धार्मिकस्थलमा रहेका सुरक्षाकर्मीलाई लक्ष्य गरेर हमला गरिएको बताइएको छ ।

आक्रमणमा संलग्न  तीन जनामध्ये एकलाई प्रहरीले हिरासतमा लिएको छ ।

आक्रमणको  प्रहरीले अनुसन्धान गरेको छ । 

Leave A Reply

Your email address will not be published.