चुनावी सुरक्षाबारे मानव अधिकार आयोगको चासो

0

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले चुनावी सुरक्षाबारे चासो राखेको छ । आयोगका सहसचिव एवं प्रवक्ता डा. टीकाराम पोखरेलका आयोगका अधिकारीहरुले सुरक्षा निकायका प्रमुख÷प्रतिनिधिहरुसँगछलफल गरेका छन् । 

छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुङ्गेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताए । सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा पनि उनको जोड छ ।

सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरूले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौतीलाई ख्याल गरेरै सुरक्षा तयारी गरिएको बताएका छन् । छलफलमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्याल एवम् सुरक्षा निकायका अधिकृत लगायतको उपस्थिति थियो । 

आगामी मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ । आयोगका अधिकारीहरुका अनुसार आयोगले मानव अधिकारका दृष्टिले चुनावलाई नजिकबाट नियाल्नेछ ।  

Leave A Reply

Your email address will not be published.