अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा सडकनाटक प्रदर्शन ..

0

कोहलपुर
कार्तिक १ मंगलबार

अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा बालिका शिक्षा कार्यक्रम अन्तर्गत भित्र रहेर कोहलपुर १२ चप्परगौडिमा सडक नाटक प्रदर्शन गरिएको छ।

ज्ञानज्योती बाल क्लबको आयोजना र श्री ज्ञानज्योती माबिको सहकार्यमा प्रदर्शन गरिएको सडकनाटकको रुम टु रिड संस्थाको आर्थिक सहयोग रहेको थियो।

बाल बिबाहलाई लक्षित गरि प्रदर्शन गरिएको सडक नाटकमा करिब करिब १२० जना भन्दा बढिको उपस्तिथि रहेको थियो।
रुम टु रिडको मुख्य उदेश्य भनेकै बालिका शिक्षा कार्यक्रम हो,,  बालिकाहरु शिक्षित र आफैमा परनिर्भर उनीहरुलाई सशक्तीकरण बनाउने उदेश्यका साथ
आर्थिक विपन्न बालिकाहरुको संरक्षण र प्रबर्द्धन हाम्रो लक्ष्य भएको  संस्थाका सम्बन्धि ब्यत्तिले  जानकारी दिए।

विभिन्न बिधालय र समुहदायमा रहेका विपन्न बालिकाहरुलाई  कक्षा छ देखि बाह्र कक्षासम्म अध्यापन गराउने उदेश्यका साथ कार्यक्रम गरिएको रुम टु रिडको बाके शाखा प्रमुख खडक कुवर बताउनु भयो।

अहिले सम्म बाके जिल्लाका १९ वटा सामुदायिक बिधालय संगको सहजीकरण संगै करिब २ हजार भन्दा धेरै बालिकाहरुलाई रुम टु रिडको छायामा राखेर अध्यापन गराइरहेको कुवरले जानकारी दिए।

सडक नाटक प्रदर्शनी गर्दै ज्ञानज्योती माबिका बिद्यार्थीहरु..
Leave A Reply

Your email address will not be published.