अन्तरराष्ट्रिय पर्बत समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न,

0

पर्वत जिल्ला घर भइ अध्ययन, रोजगारी तथा विविध कारणवश संसारभर छरिएर बसोबास गरिरहेका पर्वतेहरुको संगठन अन्तर्राष्ट्रिय पर्वत समाजले नेपाली मौलिक चाड पर्व विजयादशमी (दशैँ), दीपावली (तिहार) र छठ पर्व लगायतका चाडपर्वका अबसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले भर्चुअल माध्यमबाट शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष परशुराम पौडेलले स्वागत मन्तब्य दिँदै सुरु गरिएको कार्यक्रममा संसारका विभिन्न मुलुकमा गठन गरिएका पर्वत समाजका प्रतिनिधिहरु, संस्थाका सल्लाहकारहरु, संरक्षकहरु जोडिएर शुभकामना आदानप्रदान गरेका थिए ।

भेलालाई प्रमुख अतिथिको रुपमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सम्बोधन गरेका थिए । भर्चुअल भेलालाई सम्बोधनको क्रममा राष्ट्रियसभाका अध्यक्षले आफू पर्वत जिल्लाको जनप्रतिनिधि भएको साथै अहिले देशको विशेष जिम्मेवारीमा रहँदा पनि आफूबाट हुनसक्ने सहयोग आफ्नो जिल्लाको लागि गरिरहेको र अन्तराष्ट्रिय पर्वत समाजले ज्ञान, सिप र पुँजी जिल्लामा भित्र्याउने योजना बनाएको खण्डमा आफूबाट हुन सक्ने सहयोग सदैव रहिरहने प्रतिवद्धता जनाए ।

कार्यक्रमलाई पर्वत जन्मघर भएका नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले समेत विशेष अतिथिको रुपमा सम्बोधन गरेका थिए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्य समेतले सम्बोधन गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित नगरपालिका र गाउँपालिकाका प्रमुख ∕ अध्यक्षहरु, उपप्रमुख ∕ उपाध्यक्षहरु, पर्वतबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलसँग आवद्द नेताहरु, सभासद एवं प्रतिनिधिसभाका लागि गठबन्धनका उम्मेदवार अर्जुनप्रसाद जोशी, सभासद बिकाष लम्साल , नेकपा एमालेका निवर्तमान सांसद् तथा प्रतिनिधिसभाका लागि संघीयय संसद्का उम्मेदवार रहेका पदम गिरीसमेत जोडिएर सम्बोधन गरेका थिए ।

नेपालको पार्टीगत राजनीतिभन्दा माथि रहेर समाजसेवा गर्ने उद्देश्य बोकेको अन्तर्राष्ट्रिय पर्वत समाजको शुभकामना कार्यक्रम संस्थाका अध्यक्ष तथा बेल्जियम निवासी सामाजिक व्यक्तित्व झलक केसीको सभापतित्वमा सम्पन्न भएको थियो भने संस्थाका नेपाल प्रतिनिधि मुना भुषाल, संस्थाका उपाध्यक्ष गुणराज शर्मालगायत पदाधिकारीले सम्बोधन गरेको कार्यक्रमको संचालन संस्थाका महासचिव मणि भुर्तेलले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.