चाडपर्वलाई लक्षित गर्दै १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना

0

काठमाडौं : चाडपर्वलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका विभिन्न १४ ठाउँ र काभ्रेको साँगामा गरी १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । 

दशैं, तिहार, छठ पर्वका बेला यात्रुलाई ठगिन नदिने उद्देश्यले विभिन्न १५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । 

यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्वलाई लक्षित गरेर नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा र पुरानो बसपार्कमा सहायता कक्ष राखेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार यात्रु सहायता कक्षबाट विभिन्न गन्तव्यस्थलसम्म जान लाग्ने भाडादर र अरु आवश्यक समन्वय गरिनेछ । पूर्वमा जाने यात्रुलाई ध्यानमा राखेर यसपालि काभ्रेको साँगामा पनि सहायता कक्ष स्थापना गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, विभागका कर्मचारी र उपभोक्ता अधिकारकर्मी बसेर टिकट काट्नेदेखि घर जानसम्म सहजता प्रदान गर्नेछन् ।

Leave A Reply

Your email address will not be published.