पूर्वआईजीपी खनाल एमाले प्रवेश, भन्छन्- ‘ओलीको शीतल छाहरी पाउने आशा छ’

0

काठमाडौं : पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) सर्वोन्द्र खनाल नेकपा एमाले प्रवेश गरेका छन् ।

बिहीबार पार्टी कार्याल, च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले खनाललाई स्वागत गरेका हुन् ।

उनले आफू एमालेमा प्रवेश गर्न पाउँदा हर्षविभोर भएको बताए । ‘आम नेपालीको अपेक्षा, देश विदेशको आस्थाको केन्द्र, समृद्ध नेपाल सुखी नेपालीको नारा अघि बढाउने प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्यता लिन पाउँदा खुसीले हर्षविभोर छु,’ खनालले पार्टी प्रवेश गर्ने क्रममा भनेका छन् ।

उनले अध्यक्ष ओलीको शीतल छाहरी पाउने आशा आफूले लिएको पनि बताए ।

खनाल २०७४ चैत २७ गते २६ औं आइजीका रुपमा नियुक्त भएका थिए । २०७६ माघ २८ गते उनले अवकास पाएका थिए। अवकासको करिब तीन वर्षपछि उनी राजनीतिक दलमा आवद्ध भएका छन् ।

Leave A Reply

Your email address will not be published.