कपनमा आगलागी, ३ जनाको मृत्यु

0

काठमाडौं : कपनको राम मन्दिर नजिकै एउटा घरमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ । ट्रेकिङ्ग अफिस र ट्रेकिङ्गमा प्रयोग हुने सामान राखिएको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।

महानगरीय प्रहरी प्रभाग कपनका अनुसार आगलागी नियन्त्रणमा आइसके पनि क्षतिको पूर्ण विवरण संकलन गरिसकिएको छैन । 

आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.