बेल्जियममा मनाईयो संबिधान दिवस

0

बेल्जियममा नेपाली राजदुताबास बेनेलक्सले संबिधान दिवसको अवसरमा यरोपियन युनियनका बिशिष्ठ पदाधिकारीहरु, नेपालमा काम गरिरहेका युरोपियन गैर सरकारी संस्था र नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थितिमा मनाएकोछ,

सेप्टेम्बर २० मंगलबार ब्रुसेलमा भएको समारोहमा युरोपियन युनियनका एसिया प्यासिफिक महानिर्देशक गुनार विएगान्दले नेपाल राष्ट्रिय दिवसमा ( संबिधान दिवस ) नेपाल र नेपाली जनतालाइ बधाई दिदै विकासोन्मुख देश तर्फको नेपालको यात्रामा युरोपियन युनियनले सहयात्रा गर्न पाउदा आफुलाई खुसि लागेको बतानु भयो। बिकास साझेदारको रुपमा युरोपियन युनियनले नेपालमा लामो समयबाट सहकार्य गरिरहेकोमा नेपालले गरेको प्रगति सन्तोषजनक रहेकोछ , जनस्तरमा भएको युरोप र नेपालको सम्बन्ध गर्ब गर्न लायक रहेको र यसले अन्तरास्ट्रिय शान्ति कायम गर्न सहयोग पुगेकोछ भन्नु भयो, साथै इरासमोस छात्रवृतिमा पढेका करिब ८ सय बिद्यार्थीहरुले पनि नेपाल युरोपको सम्बन्धलाई थप मजबुत बनाएकाछन् भन्नु भयो।

युरोपमा रहेका नेपाली ब्यबसायी बिद्यार्थी र अन्य व्यक्तिहरुले युरोपको सामाजिक जीबनमा सकारात्मक प्रभाब पारेकोमा पनि उहाले खुसि ब्यक्त गर्नु भयो। नेपाल र युरोपेली संघको दौत्य र सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भैसकेको जानकारी दिँदै इयुले राजनैतिक सम्बन्ध, व्यापार, व्यक्ति-व्यक्तिको सम्बन्ध विकास, जलवायु परिवर्तन, ‘रिजनल कनेिक्टभिटि’ जस्ता क्षेत्रमा सहयोग गरिरहेकोछ भन्नु भयो। नेपालको नयाँ संबिधानले नेपाली जनताको उन्नति र नेपालको बिकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास युरोपियन युनियनको रहेको उहाको भनाइ थियो।


उपस्थित पाहुनाहरुलाई स्वागत गर्दै बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले आधुनिक नेपाल निर्माणको परिकल्पना गरेर जनसहभागिता र जनआन्दोलनबाट बनेको नया संबिधान अनुसार नेपालले सम्वृद्धिको नया यात्रा तय गरेको बताउनु भयो। यहि लोकतान्र्तिक यात्रा तय गरेको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरेको उहाले बताउनु भयो। कोरोना महामारिले आक्रान्त भएको बिश्व चलायमान भएको आजको अबस्थामा नेपाल युरोपियन नागरिकहरुलाई स्वागत गर्न तयार रहेको छ भन्नु भयो। नेपाल र युरोपको साझेदारी बिस्श्व मंचमा सधै शान्ति र स्थिरतालागी भएको बताउदै आगामी दिनमा यसलाई अझ मजबुत बनाउन प्रयास गरिनेछ भन्नु भयो।


कार्यक्रममा युरो नेपाल कलाकार संघका कलाकारहरुले नेपाली सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेका थिए। भारत , पाकिस्तान , बंगलादेश लगायत यरोपियन देशहरुका राजदुतहरु , युरोपियन युनियन र बेल्जियम सरकारका विशिष्ट व्यक्तिहरु , एनआरएनए बेल्जियम , नेदरल्याण्ड र लग्जेम्बर्गका अध्यक्ष लगायतका पधाधिकारीहरु साथै सामाजिक संघ संस्थाका पदाधिकारीहरु उपस्थित भएको कार्यक्रमको संचालन नेपाली राजदुताबासका उपनियोग प्रमुख सुरेश अधिकारीले संचालन गर्नु भएको थियो।

Leave A Reply

Your email address will not be published.