डेंगुले साउनयता २० को मृत्यु

0

काठमाडौं : डेंगु संक्रमण कारण साउन महिनायता मात्रै २० जनाको मृत्यु भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन महिनायता डेंगु संक्रमण कारण २० जनाको ज्यान गएको हो । 

७५ जिल्लामा डेंगु फैलँदा १६ हजार ५८७ जना संक्रमण पुष्टि भएको छ ।  सबैभन्दा धेरै बाग्मती प्रदेशमा १२ हजार ४०१ जना डेंगु संक्रमित छन् ।

लुम्बिनी प्रदेशमा २ हजार ४२२ जनामा संक्रमित हुँदा  १ नम्बर प्रदेशमा ५०४ जना संक्रमित छन् । क्रमशः सुदुरपश्चिम प्रदेशमा ४९३, गण्डकी प्रदेशमा ३२२, मधेश प्रदेशमा २४२ र कर्णाली प्रदेशमा २०३ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.